मकवानपुर-१ को ‘क’ बाट कांग्रेसले गर्‍यो १८ जना उम्मेदवार सिफारिस, काे-काे परे ? – Nepal Press

मकवानपुर-१ को ‘क’ बाट कांग्रेसले गर्‍यो १८ जना उम्मेदवार सिफारिस, काे-काे परे ?

हेटौँडा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको लागि नेपाली कांग्रेस मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नं. १ अन्तर्गत प्रदेशसभा ‘क’ बाट प्रत्यक्ष तथा समानुपातिक गरी १८ जना सिफारिस भएका छन् ।

कांग्रेस मकवानपुर–१(क) प्रदेश कार्यसमितिको बैठकले प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ ३ र समानुपातिक तर्फ १५ जनाको नाम सिफारिस गरेको हो । बैठकले प्रत्यक्ष तर्फ दामोदर खनाल, मिठारम दाहाल तथा भुमिनन्द गौतमको नाम सिफारिस गरेको छ ।

समानुपातिकतर्फ रामशरण माझी, शुसान्त श्रेष्ठ, शेरबहादुर भोलन, भक्तबहादुर राई, ताराचन्द्र बजगाई, तुलसीराम लामिछाने, रामबाबु बानियाँ, मोहन प्रसाद ढकाल, तेजप्रसाद घिमिरे, अनिल बिक, शेरबहादुर घलान मान बहादुर लामा, उर्मिला पुलामी, भानुमाया ठाडा र सुनिता राईको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

समानुपातिकमा सिफारिस भएका रामबाबु बानीयाँ गत स्थानीय तहको निर्वाचनमा हेटौँडा उपमहानगरपालिका वडा नंबर १८ मा गठबन्धनको तर्फबाट पराजित उम्मेद्वार समेत हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर