एक दिनमै फेरियो सुदूरपश्चिम सरकारको निर्णय, भोलि सार्वजनिक बिदा दिइने – Nepal Press

एक दिनमै फेरियो सुदूरपश्चिम सरकारको निर्णय, भोलि सार्वजनिक बिदा दिइने

कैलाली । सुदूरपश्चिम प्रदेशमा मनाइने महत्वपूर्ण पर्व गौराको अवसरमा बिदा कटौती गरेको सुदूरपश्चिम प्रदेश सरकार आफ्नै निर्णयबाट पछि हटेको छ ।

भदौ १८ गते परेको गौरा पर्वमा संघीय सरकारले बिदा दिएको थियो । प्रदेश सरकारले थप एक दिन १७ गते पनि बिदा दिने भनेर प्रदेश राजपत्रमा उल्लेख गरेको थियो । तर वुधबार एक सूचना जारी गर्दै १७ गतेको बिदा कटौती गरेको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको थियो ।

वैशाख १ गतेको राजपत्रमा उल्लेख गरिएको बिदा जेठ १० गतेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार कटौती गरिएको शाखा अधिकृत दीपेन्द्र सिंह विष्टले जारी गरेको सूचनामा गरिएको थियो ।

सूचना जारी गरेर सरकारी बिदा कटौती भएको जानकारी दिएको प्रदेश सरकारले पुनः आज सूचना जारी गरेर सरकारी बिदा यथावत रहेको जानकारी गराएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता विष्णु दत्त अवस्थीले जारी गरेको सूचनामा आजकै मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाकारी गराएका छन् ।

बिदा कटौती गरेको भन्दै सरकारको तीव्र आलोचना भएपछि सरकार आफ्नै निर्णयबाट पछि हटेर बिदा यथावत रहेको सूचना जारी गर्न बाध्य भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर