‘के घर के डेरा’को फस्टलुक सार्वजनिक – Nepal Press

‘के घर के डेरा’को फस्टलुक सार्वजनिक

काठमाडौं । कार्तिक ४ मा रिलिज हुने सिनेमा ‘के घर के डेरा’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । दीपेन्द्र के खनाल निर्देशित सिनेमाको पोस्टरमा दयाहाङ राई, विपीन कार्की, वर्षा राउत, सुरक्षा पन्त र रवीन्द्र झा फिचर्ड छन् ।

एक पोस्टरमा विपीनलाई चुरोटको बट्टाबाट काजु झिकेर खाँदै गरेको देख्न सकिन्छ । दोस्रो पोस्टरमा टाई, कोट र कालो चस्मामा ठाटिएका दयाहाङले आकाशतिर हेरेका छन् ।

तेस्रो पोस्टरमा वर्षालाई खुशी बनाउन विपीनले लालपुर्जा देखाइरहेको दृश्य छ । पृष्ठभूमिमा सुरक्षा र रवीन्द्र हर्षित मुद्रामा देखिएका छन् ।

महेश दवाडीको पटकथा र संवाद रहेको सिनेमामा लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोसिस क्षेत्री, बाल कलाकार आयुशी ढकालको पनि अभिनय छ ।

सिंगे लामाको कथा रहेको सिनेमामा शंकर थापा स्माइल र कोसिस क्षेत्रीको संगीत, दीर्घ गुरुङको छायांकन र दीर्घ खड्काको सम्पादन छ ।

ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित सिनेमाका कार्यकारी निर्माता युवराज कार्की हुन् । सिनेमाको निर्मातामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर