भारतले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठायो – Nepal Press

भारतले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठायो

काठमाडौं । भारतले पेट्रोलिय पदार्थको मूल्य बढाएर पठाएको छ । यसभन्दा अघि ३ पटक मूल्य घटेर आएकोमा यो पटक भने मूल्य बढेर आएको हो । यद्यपि मूल्य घटेर आएपनि नेपाल आयल निगमले भने मूल्य घटाएको थिएन ।

भारतीय आयल कर्पोरेसनले आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची आज पठाएको हो । भारतीय आयल कर्पोरेसनले प्रत्येक १५ दिनमा नयाँ मूल्यसूची आयाल निगमलाई पठाउने गरेको छ । सेप्टेम्बर १ अर्थात आजबाट लागू हुने गरेर नयाँ मूल्यसूची पठाएको हो ।

नयाँ मूल्य सूचीअनुसार डिजल प्रतिलिटर ६.१२ रुपैयाँ र पेट्रोल प्रतिलिटर १.३९ मूल्य वृद्धि भएर आएको हो । एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर १०० रुपैयाँले घटेर आएको छ । मूल्य वृद्धि भएर आएपछि निगमलाई डिजेलमा प्रतिलिटर १२ रुपैयाँको घाटा रहेको छ भने पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ नाफा रहेको छ । यसभन्दा पहिले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ नाफा रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर