ओलीको आशंका- परमादेशीहरूको पोल खुल्दैछ, गठबन्धनले राणाको बयान रोक्न सक्छन् – Nepal Press

ओलीको आशंका- परमादेशीहरूको पोल खुल्दैछ, गठबन्धनले राणाको बयान रोक्न सक्छन्

झापा । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान महाअभियोग सिफारिस समितिमै रोक्न सक्ने आशंका गरेका छन् ।

निर्वाचन क्षेत्र तथा गृहजिल्लाका विभिन्न कार्यक्रममा भाग लिन बिहीबार झापा पुगेका अध्यक्ष ओलीले चन्द्रगढी विमानस्थलमा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै गठबन्धनले राणाको वयान रोक्न सक्ने बताए ।

राणाले महाअभियोग सिफारिस समितिमा बयान दिने क्रममा परमादेशबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइदिएबापत लेनदेन भएको र न्यायाधीशहरू बिकेको पोल खोल्न थालेपछि वयान रोक्ने षड्यन्त्र भइरहेको ओलीको आरोप छ ।

ओलीले भने, ‘गठबन्धनले बयान रोक्न सक्छ, कहिले रोक्छ टुंगो छैन । उनीहरूको पोल खुल्ने भएपछि त्यसो गर्न सक्छन् ।’

राणाले परमादेशबाट ओलीलाई सत्ताच्युत गर्दा न्यायाधीशहरूलाई गठबन्धनका नेताहरूले आश्वासन दिएको खुलासा गरेका थिए । राणाको बयान बिहीबार रोकिएको छ । आइतबार पुनः बयानका लागि बोलाइएको छ ।


प्रतिक्रिया

2 thoughts on “ओलीको आशंका- परमादेशीहरूको पोल खुल्दैछ, गठबन्धनले राणाको बयान रोक्न सक्छन्

  1. यो देशका गद्दारहरूको पोल खुल्दैछ । चोलेन्द्र सही छन्। गठबन्धनका गद्दारहरू विदेशीको इशारामा देश तहस नहस वनाउँदैछन्।

  2. थुक्क ! मरेका स्यालहरु ! राजनीतिमा त्याग , समर्पण, आदर्श , बलिदान , सदाचार , प्रतिस्पर्धा आदि हुन्छ तर धोका र जे पनि हुन्दैन । यदि राजनीतिमा जे पनि हुन्छ भन्ने हो भने पहिला आची खाने अनि कसैले यस्तो के गर्देको भनेर सोधेमा राजनीतिमा जे पनि हुन्छ, तेहि भयेर आची खाको भनेर भन्ने !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर