नारायणगढ-मुग्लिन सडक ९ घण्टापछि खुल्यो – Nepal Press

नारायणगढ-मुग्लिन सडक ९ घण्टापछि खुल्यो

चितवन । पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड दुईतर्फी सञचालनमा आएको छ । दिउँसो साढे २ बजेबाट सडकखण्ड दुईतर्फी सञचालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आज बिहान बिहान साढे ५ बजेदेखि नै नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत पर्ने केराबारीमा गएको पहिरोले सडक अवरुद्ध बनेको थियो । जसले गर्दा सयौँ सवारीसाधन अलपत्र परेका थिए । सडक खुलेसँगै सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर