प्रदेश सरकारद्वारा गौरा पर्वको बिदा कटौती – Nepal Press

प्रदेश सरकारद्वारा गौरा पर्वको बिदा कटौती

कैलाली । सुदूरपश्चिम प्रदेशमा मनाइने महत्त्वपूर्ण पर्व गौराको अवसरमा प्रदेश सरकारले दिएको सार्वजनिक बिदा प्रदेश सरकारले नै कटौती गरेको छ ।

भदौ १८ गते परेको गौरा पर्वमा संघीय सरकारले पनि बिदा दिएको थियो । प्रदेश सरकारले थप एक दिन १७ गते बिदा दिने भनेर प्रदेश राजपत्रमा उल्लेख गरेको थियो। तर बुधबार एक सूचना जारी गर्दै १७ गते को बिदा कटौती गरेको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै १९ गते गते थारु समुदायको अटवारी पर्वका लागि कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिने पनि राजपत्रमा उल्लेख गरेको थियो । उक्त बिदा भदौ १२ गते भइसकेको भन्दै १९ गतेको बिदा पनि कटौती गरिएको छ ।

वैशाख १ गतेको राजपत्रमा उल्लेख गरिएको बिदा जेठ १० गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार कटौती गरिएको शाखा अधिकृत दीपेन्द्र सिंह विष्टले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

अटवारी पर्वको बिदा १२ गते परेकोले १९ गतेको बिदा कटौती गरिएको उल्लेख गरिएको विज्ञप्तिमा गौरा पर्वको बिदा कटौतीको कारण भने खुलाइएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर