पूर्वराजाकी ९४ वर्षीया आमाले गराइन् आँखाको सफल शल्यक्रिया – Nepal Press

पूर्वराजाकी ९४ वर्षीया आमाले गराइन् आँखाको सफल शल्यक्रिया

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रकी आमा रत्न राज्यलक्ष्मी देवीको आज आँखाको शल्यक्रिया गरिएको छ । सुदृष्टी आइ क्लीनिकमा उनको माेतिविन्दूकाे सफल शल्यक्रिया भएको हो ।

९४ वर्षीय रत्नको शल्यक्रियाका क्रममा पूर्वराजा ज्ञानेन्द्र, पूर्वयुवराज पारस, पूर्वयुवराज्ञी हिमानीलगायत राजपरिवारका सदस्यहरु क्लिनिकमा उपस्थित थिए । उपचारमा संलग्न डा. सुमन थापाले सहजरुपमा शल्यक्रिया भएको जानकारी दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘उमेर केवल संख्या हो, ९४ वर्षमा पनि । उहाँले मेरो कामलाई धेरै सहज बनाइदिनुभयो । मप्रति उहाँको भरोसाले मलाई धेरै प्रेरणा मिलेको छ । म धेरै आभारी छु ।’

नेपालमा राजसंस्था उन्मुलन भएर पूर्वराजपरिवार नारायणहिटीबाट बाहिरिए पनि पूर्वरानी रत्न भने नारायणहिटीभित्रैको महेन्द्र मञ्जिलमा बस्दै आएकी छन् । रत्न स्वर्गीय राजा महेन्द्रकी कान्छी पत्नी हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर