विधायन समितिको बहुमतबाट नागरिकता विधेयक जस्ताको तस्तै पारित – Nepal Press

विधायन समितिको बहुमतबाट नागरिकता विधेयक जस्ताको तस्तै पारित

भोलि राष्ट्रियसभामा पेस गर्ने तयारी

काठमाडौं । राष्ट्रियसभाको विधायन समितिले नागरिकता विधेयकलाई जस्ताको तस्तै पारित गरेको छ । समितिका सदस्यहरुको बहुमतले कुनै शंसोधनबिना विधेयक पारित गरेको हो ।

विधायन समितिमा १५ जना सदस्य रहेका छन् । उनीहरुमध्ये एमालेका तीन जनाले फरक मतका रुपमा छुट्टै प्रस्ताव राखेका थिए । यसैगरी, स्वतन्त्र हैसियतका खिमलाल देवकोटा र विमला राई पौडेलले पनि फरक मर्त दर्ज गरे । तर, बाँकी १० जना सदस्यहरु यथास्थितिमा विधेयक पारित गर्नुपर्ने पक्षमा उभिए ।

विधायन समितिले भोलि नै राष्ट्रिय सभामा प्रतिवेदन पठाउने छ । राष्ट्रिय सभाले पनि भोलि नै विधेयक पारित गर्ने तयारी रहेको बुझिएको छ ।

 


प्रतिक्रिया

2 thoughts on “विधायन समितिको बहुमतबाट नागरिकता विधेयक जस्ताको तस्तै पारित

  1. गठबन्धनका भारतीय दलालहरूले गर्ने नै यहि हो। गठबन्धन बनाएकै उसले हो यस्तै काम गराउन।

  2. देशमा विदेशीले बनाइदिएको र उसैका लागि काम गर्ने सरकारले शासन गरिरहेको छ त उनैको काम हुन्छ। न त यो संविधान नेपालीले बनाए न त यो सरकार नै नेपालीले बनाए। अनि सरकारले किन नेपाल र नेपालीको काम गर्नु?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर