निलम्बित प्रधानन्यायाधीश राणासँगको बयान सकियो, भोलि ११ बजे पुन: बोलावट – Nepal Press

निलम्बित प्रधानन्यायाधीश राणासँगको बयान सकियो, भोलि ११ बजे पुन: बोलावट

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको आजको बयान सकिएको छ । बिहान साढे १२ बजेदेखि सुरू बयान झण्डै साढे ३ घण्टा चलेको थियो । भोलि पुन: ११ बजे राणालाई बयानका लागि बोलाइएको छ ।

महाअभियोग सिफारिस समितिले आज राणासँग ४ वटा प्रश्नमा सवाल जवाफ गरेको समितिका एक सदस्यले बताएका छन् ।

जबरामाथि संविधान र कानुनको गम्भीर उल्लंघन गरेर पदको दुरुपयोग गरेको, खराब आचरण र कार्यक्षमता अभाव, न्याय सम्पादनमा अवरोधलगायतका आरोप लगाइएको छ ।

समिति सदस्य प्रमोद साहका अनुसार उनीमाथि लागेका आरोपसँग सम्बन्धित जम्मा ६४ वटा सवाल सोधिनेछ । तीमध्ये २१ वटा प्रश्न बार एशोशिएशनले बुझाएको विवरणबाट छ ।

जबरामाथि लागेको आरोपसँग सम्बन्धित रहेर लिखित तथा मौखिक बयान लिइने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर