युएस ओपनः पहिलो चरणबाटै बाहिरिइन् राडुकानु – Nepal Press

युएस ओपनः पहिलो चरणबाटै बाहिरिइन् राडुकानु

काठमाडौं । साविक विजेता इमा राडुकानु वर्षको अन्तिम ग्रान्डस्लाम यूएस ओपनको पहिलो चरणबाटै बाहिरिएकी छिन् ।लोइस अर्मस्ट्रङ स्टेडियममा सम्पन्न पहिलो चरणको खेलमा फ्रान्सकी एलिजा कोनेर्टसँग ६–३, ६–३ को सोझो सेटमा पराजित भइन् ।

गत वर्ष यूएस ओपनको क्वालिफायर्स खेल्दै उपाधि जितेकी १९ वर्षीया राडुकानुका त्यसपछिका ग्रान्डस्लामहरुमा सम्झनलायक नतिजा छैन ।
‘पक्कैपनि बाहिरिनु पर्दा नराम्रो लागेको छ । किनकी यो मेरो असाध्यै मनपर्ने प्रतियोगिता हो र गतवर्षका धेरै सम्झनाहरु छन्,’ उनले भनिन् । ‘म आफुलाई अझ उत्कृष्ट बन्नका लागि जोड दिइरहेकी छु,’।

साविक विजेता पहिलो चरणबाटै बाहिरिनु समर्थकका लागि राम्रो समाचार भने पक्कै हैन । तर वास्तविकता यो हो कि राडुकानुका लागि यो नतिजा अप्रत्यासित थिएन ।

राडुकानुलाई हराएकी कोनेर्टले दोस्रो चरणमा काटेरिना सिनियाकोभाको सामना गर्नेछिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर