नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०७९ भदौ १५ गते ७:०८
![](https://www.nepalpress.com/wp-content/uploads/2021/08/muglin-narayangarnh-sadak-pahiro.jpg)
फाइल तस्बिर
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको हो ।
पहिराेका कारण सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए। अवरुद्ध सडक खुलाउन पहल भइरहेको उनले बताए ।
निरन्तर पानी परिरहेकाले बगिरहेको लेदो पन्छाउन कठिन भएको छ । पहिराका कारण सो सडक भएर गुड्ने सवारीसाधन बाटोमै रोकिएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर