अब यी वस्तुको आयात खुल्यो, ४ वटामा भने प्रतिबन्ध कायमै – Nepal Press

अब यी वस्तुको आयात खुल्यो, ४ वटामा भने प्रतिबन्ध कायमै

काठमाडौं । सरकारले वस्तु आयातमा लगाएको प्रतिबन्ध केही वस्तुमा हटाएको छ । यद्यपि केही वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिइएको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले केही बस्तुको आयात खुल्ला गरेका हो ।

उद्योग, वााणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा हिजो बसेको मन्त्रिपरिषद बैठकले चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, ३२ इन्चभन्दा माथिको टेलिभिजन, कुर्कुरे, लेज र तासको आयात प्रतिबन्ध हटाएको हो ।

सरकारले १५० सीसीभन्दा माथिको बाइक, महँगा पेट्रोलिय गाडी, मोबाइल र मदिराको आयात प्रतिबन्ध भने असोज २८ गतेसम्म थप गरेको छ ।

सरकारले १३ वैशाखमा राजपत्रमा सूचना निकालेर बैदेशीक मुन्द्रा संचिती घट्न कम गर्न भन्दै वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । अझै बाइक, महंगा गाडी तथा मोबाइल र मदिरा विदेशबाट ल्याउन प्रतिबन्द रहेको उद्योग, वााणिज्य तथा आपूर्ति बतायो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर