हलहरुले अन्याय गरेको भन्दै ‘राधा’ टिमले रोक्यो फिल्म प्रदर्शन – Nepal Press

हलहरुले अन्याय गरेको भन्दै ‘राधा’ टिमले रोक्यो फिल्म प्रदर्शन

काठमाडौं । पछिल्लो समय नेपाली सिने क्षेत्रमा आवद्ध निर्माता, निर्देशक तथा कलाकारहरुमार्फत नेपालका हल संचालकहरुले नेपाली सिनेमामाथि पक्षपात गरेको गुनासो व्यापक उठ्न थालेको छ ।

अघिल्लो हप्ता मात्रै हल संचालकबाट आफूहरु अन्यायमा परेको भन्दै प्रकाशको निर्माण टोलीले पत्रकार सम्मेलन गर्दै कसै नभए बाटोमै चलचित्र देखाउने घोषणा समेत गरेका थिए ।

प्रकाशको टिमले उक्त गुनासो र घोषणा गरेको एक हप्ता बित्दा नबित्दै अर्को नेपाली चलचित्र ‘राधा’को निर्माण टोलीले पनि हल संचालकबाट आफूहरु अन्यायमा परेको भन्दै फ्लिम नै प्रदर्शन नगर्ने घोषणा गरेको छ ।

शो बाँडफाँटमा हलवालाहरुले ‘राधा’ माथि अन्याय गरेको भन्दै निर्माण टोलीले मंगलबार ललितपुरमा एक पत्रकार सम्मेकलन आयोजना गर्दै उक्त घोषणा गरेको हो । पहिलादेखि नै आफ्नो फिल्मलाई अनुकूल शो नदिएको र तीजको समयमा शो झन् घटाइएको फिल्मका निर्देशक सुर्वण थापाको भनाई छ ।

पत्रकार सम्मेलनमा उपस्थित भएका अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले पनि सो विषयमा असतुष्टी पोखेका छन् । राधालाई फिल्म कृटिक्सहरुले राम्रो प्रतिकृया दिइरहेका छन् । फ्लिममा एकल आमाले आफ्नो हराएको पति खोज्न गरेको संघर्षलाई प्रस्तुत गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर