रुपन्देहीमा जसपा र लोसपाका प्रभावशाली नेता जनमत पार्टीमा प्रवेश – Nepal Press

रुपन्देहीमा जसपा र लोसपाका प्रभावशाली नेता जनमत पार्टीमा प्रवेश

रुपन्देही । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाका निवर्तमान नगरप्रमुख तथा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता मनमोहन चौधरी जनमत पार्टीमा प्रवेश गरेका छन् ।

त्यस्तै जनता समाजवादी पार्टी नेपाल जसपाको अनुशासन आयोगका राष्ट्रिय अध्यक्ष तथा पूर्वसांसद नरसिंह चौधरी, लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका पूर्वअध्यक्ष तथा जसपा नेता राजेन्द्र गुप्ता, कैलाश गुरुङ, मुरारी अग्रवालसहित सयजना बढी नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेको पार्टीका केन्द्रीय सचिव भोपेन्द्रप्रसाद यादवले जानकारी दिए ।

कपिलवस्तुमा सोमबार आयोजना गरिएको अगुवा नेता कार्यकर्ता भेटघाट तथा निर्वाचनकेन्द्रित प्रशिक्षण कार्यक्रममा अध्यक्ष डा. सीके राउतले उनीहरूलाई स्वागत गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर