तीजले सबैखाले असमानताको अन्त्य गर्ने प्रधानमन्त्रीको विश्वास – Nepal Press

तीजले सबैखाले असमानताको अन्त्य गर्ने प्रधानमन्त्रीको विश्वास

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं सम्बर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

हरितालिका तीज पर्वको अवसरमा एक शुभकामना सन्देशमार्फत देउवाले स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनीमा सुस्वास्थ्य, दीर्घायू तथा प्रगतिको शुभकामना दिएका छन् ।

तीजले नेपाली समाजमा विद्यमान लैंगिक, जातीय, वर्गीय र सबै किसिमका असमानताहरूको अन्त्य गर्ने विश्वास प्रधानमन्त्रीको विश्वास छ । साथै उनले यस पर्वले आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै राष्ट्रिय एकताको आधार स्तम्भको रूपमा स्थापित हुने दिशामा एकजुट भएर अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भनी कामना गरेका छन् ।

-रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर