उम्मेदवारले सम्भावित खर्च र स्रोतसमेत खुलाउनुपर्ने, जनप्रतिनिधिले उम्मेदवारी दिए पद गुम्ने – Nepal Press
निर्वाचन आचारसंहिता

उम्मेदवारले सम्भावित खर्च र स्रोतसमेत खुलाउनुपर्ने, जनप्रतिनिधिले उम्मेदवारी दिए पद गुम्ने

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दर्ता गराउने उम्मेद्वारले आफूले गर्ने सम्भावित खर्च र त्यसको स्रोतसमेत खुलाउनुपर्ने भएको छ । सोमबार सार्वजनिक भएको निर्वाचन आचारसंहितमा अनुसार मनोनयनका क्रममा नै उम्मेद्वारले छुट्टै खाता खोलेर खाता सञ्चालन गर्ने प्रतिनिधिको विवरणसमेत बुझाउनुपर्ने भएको हो ।

उम्मेद्वारले सम्बन्धित प्रतिनिधिबाहेक अरुबाट खर्च गर्न नपाउने व्यवस्था गरेको छ । यस्तै राजनीतिक दलले पनि निर्वाचन प्रचारप्रसारका लागि छुट्टै खाता खोलेर निश्चित प्रतिनिधिमार्फत खर्च गर्ने व्यवस्था गर्नुपर्ने भएको छ ।

जसमा २५ हजारभन्दा बढीको आर्थिक सहयोग बैंकमार्फत मात्रै लिनुपर्नेछ । कसैले नगद दिएमा चन्दादाताको नामसहित त्यो रकम बैंकमा जम्मा गर्नुपर्ने व्यवस्था आचारसंहितामा गरिएको छ । आयोगले खर्चको विवरण र बिल भर्पाई पनि सुरक्षित राख्नुपर्ने व्यस्था गरेको छ ।

जनप्रतिनिधिले उम्मेदवारी दिए पद गुम्ने

निर्वाचन आयोगले स्थानीय, प्रदेश र संघीय तहका बहालवाला जनप्रतिनिधिले प्रतिनिधि सभा वा प्रदेश सभामा उम्मेद्वारी दिएमा उनीहरुको पद स्वतः रिक्त हुने व्यवस्था गरेको छ । निर्वाचन आचारसंहितामार्फत आयोगले स्थानीय तहको कार्यपालिका वा सभाको सदस्य, प्रदेश सभाको सदस्य, प्रतिनिधि सभा र राष्ट्रिय सभाको सदस्यलेसमेत मनोनयन दर्ता गरेमा उक्त पदमा नरहने व्यवस्था गरेको हो ।

त्यस्ता जनप्रतिनिधि सामानुपातिकको बन्दसूचीमा रहेमासमेत पदमुक्त हुने निर्वाचन आचारसंहितामा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर