साफ महिला फुटबलका भेन्यू म्यानेजर ठकुरीले दिए राजीनामा – Nepal Press

साफ महिला फुटबलका भेन्यू म्यानेजर ठकुरीले दिए राजीनामा

काठमाडौं । नेपालमा हुन लागेको दक्षिण एसियाली महिला फुटबलका भेन्यू म्यानेजर रविन्द्र चन्द ठकुरीले पदबाट राजीनामा दिएका छन् । साफ तयारी समितिको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएको स्रोतले बताएको छ ।

एन्फा कार्यसमिति सदस्य समेत रहेका ठकुरीलाई महिला साफ च्याम्पियनसीपका लागि भेन्यू म्यानेजरको जिम्मेवारी दिइएको थियो । तर, आफ्नो जिम्मेवारी अनुसार काम गर्न नदिइएको उनको गुनासो छ । हाल भइरहेको तयारीका कामहरुलाई लिएर उनी सन्तुष्ट थिएनन् ।

एन्फाले उनको राजीनामालाई गोप्य राखेको छ । ठकुरी राष्ट्रिय टिमका फुटबलर रोहित चन्दका साख्खै दाजु हुन् । काम गरेर देखाउने हुटहुटी र जोश भएका उनी एन्फा नेतृत्वको कार्यशैलीबाट आजित भएको बताइन्छ ।

दक्षिण एशियाली फुटबल (साफ) को महिला च्याम्पियनसीपको छैटौं संस्करण नेपालमा आउँदो २१ भदौबाट आयोजना हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर