एएफसीद्वारा एन्फालाई ७ हजार अमेरिकी डलर जरिवाना – Nepal Press

एएफसीद्वारा एन्फालाई ७ हजार अमेरिकी डलर जरिवाना

काठमाडौं । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ७ हजार अमेरिकी डलर जरिवाना गरेको छ ।

कुवेतमा भएको एसियन कप छनोटका दौरान प्रतियोगिताका २ आचारसंहिता उल्लंघन गरेको भन्दै एएफसीले एन्फालाई जरिवाना गरेको हो ।

कुवेत र जोर्डनविरुद्धको खेलमा पहेंलो कार्ड पाएको कारण इन्डोनेसियाविरुद्धको खेलमा अब्दुल्लाह निलम्बनमा रहेका थिए ।

एएफसीको अनुशासन कमिटीले एसियन कप छनोटअन्तर्गत जुन १४ मा इन्डोनेसियाविरुद्धको खेलमा मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी खेलअघि ड्रेसिङ रुममा प्रवेश गरेको र खेलपछि एक्रिडेशन कार्ड लिएर मैदान प्रवेश गरेको कारण ६ हजार डलर जरिवाना गरिएको जनाएको छ ।

यस्तै इन्डोनेसियाविरुद्धको खेल सुरु हुन ढिला गर्दा एन्फालाई थप १ हजार अमेरिकी डलर जरिवाना गरिएको एएफसीले जनाएको छ । एएफसीले जरिवानाको २५ प्रतिशत ९० दिनभित्र तिर्नुपर्ने र बाँकी रकम दुई वर्षभित्र तिर्न सकिने जनाएको छ ।

यस्ता घटना पुनः दोहोर्‍याएमा एन्फालाई कडा सजाय दिइनेबारे एएफसीले सचेत पनि गराएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर