अदालतकाे अवहेलनामा मेयर बालेनसँग सर्वाेच्चले माग्याे लिखित जवाफ – Nepal Press

अदालतकाे अवहेलनामा मेयर बालेनसँग सर्वाेच्चले माग्याे लिखित जवाफ

काठमाडौं । सर्वोच्च अदालतले अवहेलना मुद्दामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहलाई ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश जारी गरेको छ ।

सर्वोच्च नर्भिक अस्पतालको संरचना तत्काल नहटाउन अन्तरकालीन आदेश जारी गरेपछि मेयर बालेनले ‘अब नक्सा पासको कामपनि सर्वोच्च अदालतलाई गर्न दिए हुने’ भनी प्रतिक्रिया दिएका थिए ।

त्यसविरुद्ध अधिवक्ता दीपकराज जोशीले अदालतको अनवहेलनाको मुद्दा दायर गरेका थिए ।

सोमबार न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले जोशीको निवेदनमाथि सुनुवाइ गर्दै ७ दिनभित्र बालेनलाई आफैं उपस्थित भएर जवाफ पेस गर्न आदेश दिएको हो ।

यस्तो छ आदेशः

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर