प्रचण्ड र माधव नेपालहरु कांग्रेसको पुच्छर समातेर बैतर्नी तर्न खोज्दैछन् : रघुवीर महासेठ – Nepal Press

प्रचण्ड र माधव नेपालहरु कांग्रेसको पुच्छर समातेर बैतर्नी तर्न खोज्दैछन् : रघुवीर महासेठ

काठमाडौं । नेकपा (एमाले) का सचिव रघुवीर महासेठले आगामी निर्वाचनमा आफ्नो पार्टीले एक्लै बहुमत ल्याएर इतिहास रच्ने दाबी गरेका छन् ।

उनले एमालेबाहेक यो देशका कुनै पनि शक्तिले राष्ट्रियता र स्वाभिमान बचाउन नसक्ने टिप्पणी समेत गरे । रिपोर्टर्स क्लब नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै महासेठले अहिलेको पाँच दलीय गठबन्धनलाई राष्ट्रघातीहरुको संज्ञा दिए । उनले अहिलेको सत्ता गठबन्धन देश र जनताअनुकुल नभएको तथा लोभी पापीहरु र राष्ट्रघातीहरुको गठबन्धन आरोप लगाए । महासेठले वर्तमान गठबन्धनको सरकारले देशको सारा जलस्रोत चुनावभन्दा अघि नै यसरी नै सिध्याउने त होइन ? भन्दै प्रश्न गरे ।

उनले गठबन्धनका नेताहरु प्रचण्ड र माधव नेपालहरुले कांग्रेसको पुच्छर समातेर बैतर्नी तर्न खोजेको पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर