केन्याविरूद्ध टस हारेर फिल्डिङमा नेपाल – Nepal Press

केन्याविरूद्ध टस हारेर फिल्डिङमा नेपाल

काठमाडौं । केन्याविरुद्धको चौथो टी–२० खेलमा नेपालले टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ ।

आजको खेलमा नेपालले टिममा कुनैपनि परिवर्तन गरेको छैन ।

पाँच खेलको सिरिजमा नेपालले केन्यासँगको पहिलो खेल ५ विकेटले जितेको थियो । भने, दोस्रो खेल १८ रनले हारेको थियो । तेस्रो खेलमा ४ विकेटको जित निकालेको नेपालले आजको खेल जिते एक खेल अगावै उपाधि उचाल्नेछ ।

नेपाली टिमः सन्दीप लामिछाने, मोहमद आदिल अलाम, आरिफ शेख, अर्जुन साउद, दिपेन्द्रसिंह एरि, रोहित पौडेल, ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, पवन सर्राफ, साहव आलम


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर