तीजको अवसरमा प्रभु क्यापिटलमा नारीहरुलाई विशेष छुट – Nepal Press

तीजको अवसरमा प्रभु क्यापिटलमा नारीहरुलाई विशेष छुट

काठमाडौं । प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गतको प्रोडक्टहरुमध्ये ‘प्रभु ऐश्वर्या योजना’ मा पिएमएस सेवा लिँदा एक वर्षका लागि वार्षिक सेवा शुल्क नलाग्ने अफर ल्याएको छ ।

‘यो तीजमा प्रभु क्यापिटलको उपहार, एएमसीमा छूटको बहार’ भन्ने नारासाथ अफर सुरु हुन लगोको हो । भादै १४ गते हरितालिका तीजका दिनदेखि ३१ भादैसम्म चल्ने छ । यो अवधि भित्र यस लगानी व्यवस्थापन सेवामा आबद्व हुने दिदीबहिनीहरुले एक वर्षका लागि वार्षिक सेवा शुल्क (एएमसी) मा १०० प्रतिशत नै छुट पाउने प्रभु क्यापिटलले जनाएको छ ।

यो योजना महिलाहरुलाई केन्द्रित गरी ‘महिलाहरुलाई आर्थिक रुपले सबल बनाउनु भनेको समाजलाई नै सशक्त बनाउनु हो’ भन्ने अवधारणाका साथ ल्याएको हो । प्रभु क्यापिटलको डिजिटल एपमार्फत पनि सो योजनामा सहभागी हुनसक्ने तथा आफ्नो पोर्टफोलियो हेर्न सक्ने सुविधा सुरु गरिसकेको क्यापिटलले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर