कमेडियन अपूर्व क्षितिजलाई १० दिन थुनामा राख्न अनुमति – Nepal Press

कमेडियन अपूर्व क्षितिजलाई १० दिन थुनामा राख्न अनुमति

काठमाडौं । जातीय टिप्पणी गरेको आरोपमा पक्राउ परेका युट्यूव कमेडियन अपूर्व क्षितिज सिंहलाई १० दिन थुनामा राख्न प्रहरीले अुमति पाएको छ ।

सिंहलाई अनुसन्धानका लागि काठमाडौंका प्रमुख जिल्ला अधिकारीले १० दिनको म्याद दिएका हुन् ।

सिंहले केही दिनअघि युट्यूवमा पोष्ट गरेको कमेडी भिडिओले नेवारी संस्कृतिमाथि चोट पुगेको भन्दै विवादमा परेको थियो । निश्चित जातिमाथि लक्ष्यित गर्दै हास्यव्यंग्य गरेको आरोपमा केही अभियन्ताले सिंहविरुद्ध जाहेरी दिएका थिए ।

सिंहले भने उक्त भिडिओ युट्यूवबाट हटाइसकेका छन् । उनले क्षमायाचना पनि गरेका छन् ।

प्रहरीले मुलुकी अपराध संहिता २०७४ को दफा १६५ मा व्यवस्था रहेको सामाजिक रितिस्थितिमा खलल पार्न नहुने कसुरअन्तर्गत अनुसन्धान गरिरहेको काठमाडौं प्रहरी प्रवक्ता दिनेश मैनालीले जानकारी दिए ।

यो कसुरमा एक वर्षसम्म कैद वा १० हजार रूपैयाँसम्म जरिबाना वा दुवै सजायको कानुनी प्रावधान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर