रविन्द्र मिश्रलाई ओलीले दिए चुच्चे नक्शासहितको एक मुठ्ठी सिक्का – Nepal Press

रविन्द्र मिश्रलाई ओलीले दिए चुच्चे नक्शासहितको एक मुठ्ठी सिक्का

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।

आइतबार साँझ ओलीसँग साढे २ घण्टा बिताएका क्षणबारे उनले आज बिहान समाजिक सञ्जालमा जानकारी गराएका हुन् ।

चुच्चे नक्शासहित आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको एक र दुई रूपैयाँको एक मुठ्ठी सिक्का उपहार दिएको भन्दै मिश्रले सिक्काको तस्बिरसमेत राखेका छन् ।

मिश्रले केपी ओलीको ऊर्जा र लगन अनौठो रहेको भन्दै तारिफ समेत गरेका छन् ।

‘ओलीजीसँग उहाँकै निवास बालकोटमा हिजो साँझ ६ बजेको लागि तय भएको भेट अढाई घण्टा चल्यो । आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हष्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, उहाँको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्शा पारित गर्नुपूर्व भोगेका जटिलता तथा अन्य कयौँ विषयमा कुराकानी भयो’, मिश्रले भनेका छन् ।

भेटघाटको क्रममा ओलीले आफूलाई दिएको ढाडसबारे मिश्रले उल्लेख गरेका छन्, ‘तपाईँ चेस खेलेर आएको मान्छे अहिले बास्केटबलको मैदानमा हुनुहुन्छ, जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ। नआत्तिनु होला ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर