पाशुपत क्षेत्रमा आजदेखि मासु र मदिराजन्य पदार्थमा रोक – Nepal Press

पाशुपत क्षेत्रमा आजदेखि मासु र मदिराजन्य पदार्थमा रोक

काठमाडौं । हरितालिका तीज पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर आसपासको क्षेत्रमा मासु, मदिराजन्य पदार्थमा रोक लगाइएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै पाशुपत क्षेत्रको चार किल्लामा आज र भोलि मांस, मदिरा तथा नसालु पदार्थहरू उत्पादन, बेचविखन, ओसार पसार, भण्डारण र सेवन गर्न प्रतिबन्ध लगाएको हो ।

प्रशासनले त्यस्ता वस्तु रोक लगाएको ठाउँहरू गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सीमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै वागमतीको दक्षिण क्षेत्र छन् ।

सुरक्षालगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले यो निर्णय गरिएको भन्दै सूचनाको अटेर गरे स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही गर्नेतर्फ सचेत गराइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *