आजको संसद : एमालेले विरोध गरेको टीआरसी विधेयकमाथि छलफल थालिँदै – Nepal Press

आजको संसद : एमालेले विरोध गरेको टीआरसी विधेयकमाथि छलफल थालिँदै

काठमडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । आज कानुनमन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पनि जानकारी गराइनेछ ।

सरकारले संक्रमणकालीन न्याय निरुपणसँग सम्बन्धित विधेयक फास्ट ट्र्याकबाट पारित गर्न खोजेपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध गरिरहेको छ ।

द्वन्द्वपीडित सेना प्रहरीका परिवार तथा अन्य सरोकारवाला पनि विधेयक आफूहरू मैत्री नभएको भन्दै निरन्तर आन्दोलनमा छन् ।

एक साताअघि मन्त्री कोइरालाले सदनमा संशोधित विधेयक पेस गरेका थिए । माओवादी सशस्त्र द्वन्दका क्रममा मारिएका परिवार र घाइतेलाई राहत प्रदान गर्नका साथै समाजमा मेलमिलाप कायम गर्न ल्याइएको विधेयकलाई सरकारले अघि बढाउन लागेको उनको दाबी थियो ।

आजको बैठकका सम्भावित कार्यसूची


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर