रूपन्देहीमा मोटरसाइकल ठोक्किँदा दुई बालबालिकाको मृत्यु – Nepal Press

रूपन्देहीमा मोटरसाइकल ठोक्किँदा दुई बालबालिकाको मृत्यु

रूपन्देही । रुपन्देहीको तिलोत्तमामा नगरपालिका वडा नं ६ गोर्कट्टामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेर तिलोत्तमा नगरपालिका ३ शंकरनगरकी १२ वर्षीया समीक्षा खराल र उनका भाइ ७ वर्षीय सुग्रीम खरालको मृत्यु भएको छ। घटनामा थप दुई जना घाइते भएका छन् ।

मणिग्रामबाट गोरकट्टातर्फ जाँदै गरेको बुलेट मोटरसाइकल र गोरकट्टाबाट मणिग्रामतर्फ जाँदै गरेको पल्सर मोटरसाइकल एक आपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

लु १६ प ६१३० र लु २८ प ४३७३ नम्बरको मोटरसाइकल आइतवार साँझ एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा परि सुद्धोधन ३ का ३४ वर्षीय सुरज काफ्ले र तिलोत्तमा ३ की कमला खराल घाइते रहेको प्रहरीले जनाएको छ । उनीहरुको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर