सिसडोलको अनुगमनपछि मन्त्रीहरुको आश्वासन- मुड्खु–तिनपिप्ले सडक चार महिनामा निर्माण – Nepal Press

सिसडोलको अनुगमनपछि मन्त्रीहरुको आश्वासन- मुड्खु–तिनपिप्ले सडक चार महिनामा निर्माण

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले सिसडोल क्षेत्रको अनुगमन गरेका छन ।

पासाङल्हामु सडकखण्डअन्तर्गतको मुड्खु–तिनपिप्ले सडक खण्डको निरीक्षण गर्दै मन्त्री श्रेष्ठको टोली सिसडोल क्षेत्र पुगेको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईसमेत अनुगमन टोलिमा थिए ।

त्यस क्षेत्रका नागरिकको समस्या र बाटोको अवस्थाबारे जानकारी लिँदै उनीहरुले पासाङल्हामु सडकखण्डअन्तर्गतको मुड्खु–तिनपिप्ले सडक चार महिनाभित्र निर्माण सम्पन्न हुने आश्वासन दिएका छन् ।

स्थानीयले सडक कालोपत्रेको माग राख्दै बारम्बार सडक बन्द गर्दै आइरहेका थिए ।

अब फास्ट ट्रयाकबाट चार महिनाभित्र सडक निर्माण कार्य सम्पन्न गर्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री राईले दाबी गरेका छन् । सडकखण्डको अनुगमनपछि मन्त्री राईले चार महिनाभित्र काम सम्पन्न हुने बताए ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री श्रेष्ठले धेरै अगाडिदेखि बिचल्लीमा परेको उक्त सडकखण्ड अब छिटै निर्माण हुने र नागरिकले पाइरहेको सास्तीको अन्त्य हुने बताए । ठेक्का लिने तर काम नगर्ने प्रवृत्तिलाई अन्त्य गर्ने उनको भनाई छ ।

यसअघि शैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएको उक्त सडकमा काम नभएपछि आठ वर्षदेखि अलपत्र अवस्थामा छ । उक्त सडकको पुरानो ठेक्का सरकारले तोडिसकेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर