विद्यालय खुला गरी वार्तामा आउन कर्मचारी परिषदलाई शिक्षा मन्त्रालयको आह्वान – Nepal Press

विद्यालय खुला गरी वार्तामा आउन कर्मचारी परिषदलाई शिक्षा मन्त्रालयको आह्वान

काठमाडौं । आफ्नो सेवासुविधाका विभिन्न मागहरु राखेर देशभरका सामुदायिक विद्यालय बन्द गराएको नेपाल विद्यालय कर्मचारी परिषदलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्तामा बोलाएको छ ।

मन्त्रालयको तर्फबाट उपसचिव विदुरराज गिरीले आइतबार अपरान्ह पत्र लेखेर आन्दोलनरत कर्मचारीको विषयमा ध्यानाकर्षण भएको जनाउँदै वार्तामा बोलाइएको हो ।

पत्रमा परिषदले यसअघि दिएको ज्ञापनपत्रमा उठाएका मागहरुको विषयमा नेपाल शिक्षक महासंघमार्फत छलफल तथा वार्तामा सहभागी हुन तथा हाल घोषणा गरिएका विद्यालय बन्दका सबै कार्यक्रमहरु स्थगित गरी दैनिक पठनपाठन सहज बनाउन आग्रह गरिएको छ ।

त्यसैगरी पत्रमा विद्यालय कर्मचारीहरुको सेवासुविधालाई व्यवस्थित किसिमबाट सम्बोधन गर्नका लागि नेपाल शिक्षक महासंघबीच भएको सहमतिसँग सम्बन्धित कार्यसूचीमा समावेश गरिएको र सो विषयमा मन्त्रालयबाट अन्य निकायसँग समन्वय गरी समस्याको समाधान खोजिएको उल्लेख छ । मन्त्रालयले यो विषयमा नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई समन्वयका लागि आग्रह गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर