काठमाडौं मलको भवन नक्सा पासविनै निर्माण, पार्किङका लागि दुई तला खुला गर्न सञ्चय कोष सहमत – Nepal Press

काठमाडौं मलको भवन नक्सा पासविनै निर्माण, पार्किङका लागि दुई तला खुला गर्न सञ्चय कोष सहमत

काठमाडौं । सुन्धारास्थित काठमाडौं मलको भवन नक्सा पासविनै बनाएको पाइएको छ । काठमाडौं महानगरले बुधबार मात्र अलअगाडिका अवैध संरचना डोजर लगाएर भत्काएको थियो ।

कर्मचारी सञ्चय कोषको उक्त भवनमा नक्सा पास, भवन निर्माण इजजात र पार्किङ नै नभएको पाइएपछि आज महानगर र कोष दुई पक्ष बसेर छलफल भएको छ ।

पुल्चोकस्थित केन्द्रीय कार्यालयमा कोषसँग छलफल भएको बताउँदै नगर प्रहरीका उपरीक्षक राजु पाण्डेले कोषले पार्किङका लागि भवन खुला गराउन सहमति जनाएको बताए ।

उनले भने, ‘आज दुई पक्षबीच छलफल भएको छ । सञ्चय कोषले सञ्चालमा ल्याएको काठमाडौं मलको नक्सा पास, भवन निर्माण इजाजत र पार्किङ विषयमा छलफल भयो । सुरूमा मलले भवनमा पार्किङको व्यवस्था गर्ने बताएको छ ।’

दुई तला पार्किङ खुला गर्ने र त्यसपछि महानगरले नक्सा पास र भवन इजाजतको अनुमतिको लागि प्रक्रिया थाल्ने सहमति भएको पाण्डेले जानकारी दिए ।

उनले भने, ‘जरिवाना तिरेर नक्सा पास र भवन निर्माण इजजात लिने कुरा भएको छ ।’

मलले २०५७ सालमा पेस गरेको नक्सा अनुसार महानगरले नक्सा पासको प्रक्रिया थालिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर