भवन पार्किङका लागि दिन कर्मचारी सञ्चय कोष तयार, महानगरसँग भयो सहमति – Nepal Press

भवन पार्किङका लागि दिन कर्मचारी सञ्चय कोष तयार, महानगरसँग भयो सहमति

काठमाडौं । काठमाडौं महानगरपालिका र कर्मचारी सञ्चय काषबीच सहमति भएको छ । कर्मचारी सञ्चय कोषको केन्द्रीय कार्यलय पुलचोकमा काठमाडौं महानगर र सञ्चय कोषबीच सहमति भएको हो ।

काठमाडौं महानगरका प्रहरी उपरिक्षक राजु पान्डेले आज छलफल भएको बताए । उनले भने, ‘आज दुई पक्षबीच छलफल भएको छ । सञ्चय कोषहरु सञ्चालन भएको भवनले पार्किङ सञ्चालनमा ल्याउने सहमति भएको छ । काठमाडौं मलले नक्सा पास गरेको रहेनछ । काठमाडौं मल कर्मचारी सञ्चय कोष मातहत नै पर्छ । अहिले तत्कालका लागि हामीले पार्किङको लागि समिति गठन गरेका छौं । अब जरिवना तिरेर मलले नक्सा पास गर्ने बताएको छ ।’

काठमाडौं महानगरले पछिल्लो केही दिनदेखि अवैध निर्माण भएका स्थायी संरचनाहरु भत्काउने काम सुरु गरेको छ । भने नक्सा पास नभएको कार्यलयहरुको नक्सा पासका लागि पनि ताकेता गरिरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *