भारतको नोइडाकोे अनधिकृत ट्वीन टावर विस्फोटक पदार्थ प्रयोग गरी भत्काइयो (भिडिओ) – Nepal Press

भारतको नोइडाकोे अनधिकृत ट्वीन टावर विस्फोटक पदार्थ प्रयोग गरी भत्काइयो (भिडिओ)

काठमाडौं । भारतको नोइडाको ट्वीन टावरलाई विस्फोट गरी भत्काइएको छ । आज दिउँसो साढे २ बजे ३७०० किलोको विस्फोटक पदार्थको प्रयोग गरी करिब १०० मिटरको टावर भत्काइएको हो ।

भवन संरचनाको कानून विपरीत टावर बनाइएको भन्दै गत वर्ष भारतको सुप्रीम कोर्टले हटाउन आदेश दिएको थियो ।

अधिकारीहरुका अनुसार विस्फोटले त्यहाँ नजिकैका संरचनाहरुलाई प्रभाव पारेको छैन । त्यस क्षेत्रमा करिब ५६० जना सुरक्षाकर्मी, १०० जना रिजर्भ फोर्सका अफिसियल र ४ वटा क्वीक रेस्पोन्स टिमलगायत तैनाथ भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर