काठमाडौंको नारायणटारमा स्कुटर र मोटरसाइकल ठोकिँदा प्रहरी हवल्दारको मृत्यु – Nepal Press

काठमाडौंको नारायणटारमा स्कुटर र मोटरसाइकल ठोकिँदा प्रहरी हवल्दारको मृत्यु

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका- ६ अर्थोपेडिक अस्पताल नजिकै गएराती स्कुटर र मोटरसाइकल आपसमा ठोकिँदा स्कुटर चालकको मृत्यु भएको छ । तीन जना भने गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा काठमाडौंकै शंकरापुर नगरपालिका ५ पालुबारीका ३५ वर्षीय बाल कुमार कटुवाल रहेका छन् । अत्तरखेल स्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा कटुवालको गएराती पौने १२ बजे उनको मृत्यु भएको हो ।

कटुवाल प्रहरी प्रभाग साँखुमा कार्यरत प्रहरी हवल्दार रहेको प्रहरीले जनाएको छ ।  दुर्घटनामा घाइते भएका स्कुटरमा पछाडी जोरपाटी बस्ने ३१ वर्षीय सुरेश राई र मोटरसाइकल चालक भक्तपुरका सुमन श्रेष्ठको उपचार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा र मोटरसाइकलमा पछाडी सवार भक्तपुरकै २० वर्षीय रोजित गाइजुको उपचार भने थापाथली स्थित नर्भिक अस्पतालमा भइरहेको छ ।

बा ७६ प १३५ नम्बर स्कुटर र बागमती प्रदेश ०२ ०१९ प २४७६ नम्बरको मोटरसाइकल गएराती साढे ११ बजे आपसमा ठोकिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर