एमाले बैठकमा ओलीको निर्देशन- आफूले आफैंलाई उम्मेदवार घोषणा गर्दै नहिँड्नु – Nepal Press

एमाले बैठकमा ओलीको निर्देशन- आफूले आफैंलाई उम्मेदवार घोषणा गर्दै नहिँड्नु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्णय नगरी आफैं उम्मेदवारी घोषणा गर्दै नहिँड्न नेताहरुलाई निर्देशन दिएका छन् । जारी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा अध्यक्ष ओलीले पार्टीले सबै कुराको विचार गरेर उम्मेदवार तय गर्ने बताए ।

अध्यक्ष ओलीको भनाइ उदृत गर्दै केन्द्रीय सदस्य कमला बोहोराले भनिन्- आफूले आफूलाई उम्मेदवार घोषणा गर्ने होइन, पार्टीले उठाए चुनाव लड्ने, नत्र अर्को उम्मेदवार जसलाई पार्टीले उठाउँछ उसलाई जिताउने हो । पार्टीलाई हराउन लागे सैह्य हुँदैन ।

अध्यक्ष ओलीले सामाजिक सञ्जाललाई एमालेको विचार प्रवाह गर्ने र पार्टीको पक्षमा जनतालाई प्रष्ट पार्ने माध्यमका रुपमा उपयोग गर्नसमेत निर्देशन दिएका छन् ।

ओलीले पार्टीको नीतिविपरीत नहिँड्न र बाहिर विरोधीहरुको बीच लोकप्रिय बन्नका लागि पार्टीलाई घाटा हुने अभिव्यक्ति नदिनसमेत आग्रह गरेका छ ।

वाम गठबन्धनको प्रस्ताव पेश गरेका घनश्याम भुसाल लगायतका नेतालाई जवाफ दिदै ओलीले भने–तरवार लिएकासँग मित लाउन सकिन्न । एमालेलाई सिध्याउन दक्षिणपन्थी शक्तिको भरिया बनेकाहरु कम्युनिस्ट हुन सक्दैनन् । यिनीहरुसँग् एकता र सहकार्य हुन सक्दैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर