कपिलवस्तुमा अज्ञात समूहद्वारा एक जनाको गोली हानी हत्या – Nepal Press

कपिलवस्तुमा अज्ञात समूहद्वारा एक जनाको गोली हानी हत्या

कपिलवस्तु । गोली प्रहारबाट कपिलवस्तुको मायादेवी गाउँपालिका–६ मदरहवा गाउँमा एक जनाको ज्यान गएको छ ।

अज्ञात समूहले चलाएको गोली लागेर स्थानीय ५५ वर्षीय घुरहु भनिने राम समुझ पासीको ज्यान गएको हो ।

पासीमाथि किन र के कारणले कसले ज्यान लिएको हो कारण पत्ता लाग्न सकेको छैन । गोली लागेर ढलेका पासी रम्ताम्य अवस्थामा थिए ।

उनलाई स्थानीयले देखेपछि कपिलवस्तु अस्पताल तौलिहवा लगेका थिए । उनलाई अस्पतालले मृत घोषणा गरिसकेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिएका छन्

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया

One thought on “कपिलवस्तुमा अज्ञात समूहद्वारा एक जनाको गोली हानी हत्या

  1. पहिले पनि बम सम पडकाउने,मान्छे मार्ने अज्ञात समुह यिनै कांग्रेश , कम्निस्ट र मधेशी पार्टी रहेछन!अहिलेका अज्ञात समूह पनि यिनै हुन् !मान्छेका समूह उचाल्ने,जातजाती उचाल्ने,धर्म उचाल्ने,नियम कानुन उचाल्ने – सबै यिनै रहेछन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर