एमालेका चार नयाँ केन्द्रीय सदस्यले पाए सहइन्चार्जको जिम्मेवारी – Nepal Press

एमालेका चार नयाँ केन्द्रीय सदस्यले पाए सहइन्चार्जको जिम्मेवारी

काठमाडौं । नेकपा एमालेका नवनियुक्त चार केन्द्रीय सदस्यलाई केन्द्रीय कमिटी बैठकबाट जिम्मेवारी दिइएको छ । शुक्रबार सुरू भएको बैठकमा उनीहरूलाई अध्यक्ष केपी शर्मा ओलीले सपथग्रहण गराएका थिए ।

मनोनीतमध्ये जीवन गौतम र बृजेशकुमार गुप्ता लुम्बिनी प्रदेशको सहइन्चार्जमा मनोनीत भएका छन् । त्यस्तै अमृत राजबंशी झापा जिल्ला सहइन्चार्ज र धर्मदत्त देवकोटा बागमती प्रदेश सहइन्चार्जमा मनोनित भएका छन् ।

जीवन गौतम र धर्मदत्त देवकोटा माओवादी केन्द्रीय सदस्यबाट एमालेमा प्रवेश गरेका हुन् भने पूर्वसांसद राजवंशी कांग्रेसबाट र सांसद बृजेश गुप्ता मधेशवादी दलबाट एमाले प्रवेश गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर