निहारिकाले करिश्मालाई फर्काइन् २१ हजार र छोराको चश्मा, पार्टी प्यालेसमा भयो विवाद (भिडिओ) – Nepal Press

निहारिकाले करिश्मालाई फर्काइन् २१ हजार र छोराको चश्मा, पार्टी प्यालेसमा भयो विवाद (भिडिओ)

काठमाडौं । ‘कुमारी आमा’ निहारिका राजपुतले अभिनेत्री करिश्मा मानन्धरलाई भेटेर २१ हजार रूपैयाँ फिर्ता गरेकी छन् । करिश्माले आफ्नो छोरालाई किनिदिएको चश्मा पनि उनले फिर्ता दिइन् ।

निहारिका गत असारमा पहिलोपटक अनशन बस्दा करिश्माले उनलाई २० हजार रुपैयाँ सहयोग दिएकी थिइन् । तर, दोस्रोपटकको अनशनमा भने करिश्माले आफूले गरेको सहयोगप्रति पछुतो व्यक्त गरेकी छन् । उनले निहारिकाका निजी तस्वीरहरू सामाजिक सञ्जालमा सार्वजनिक गरिदिएकी थिइन् ।

करिश्माले आफ्नो अनुमतिविना तस्वीरहरू सार्वजनिक गरेकोमा निहारिका उनीसँग क्रोधित छिन् । आफ्नो गोपनियता उल्लंघन र चरित्रहत्या गरेको आरोपमा करिश्मामाथि उजुरीसमेत दिने उनको तयारी छ । उजुरी दिनुपूर्व उनले करिश्माबाट पाएको सहायता फिर्ता गरिदिएकी हुन् ।

करिश्माको पैसा फर्काउन निहारिका दुई वर्षको छोरा च्यापेर एक साथीसहित गोदावरीस्थित उनकै निवासमा पुगेकी थिइन् । तर, उनी पुग्दा करिश्मा घरमा थिइनन् । केहीबेर अघि मात्रै उनी तिज मनाउन चिटिक्क परेर नजिककैको पार्टी प्यालेसतिर हिँडेकी थिइन् ।

निवासको गेटमै पुगेपछि निहारिकालाई करिश्मा पार्टी प्यालेसमा गएको बताइदियो । त्यसपछि उनी पार्टी प्यालेसतिरै लागिन् । निहारिका आउँदा करिश्मा पार्टीमा रमाइरहेकी थिइन् । निहारिका आफूलाई पैसा फिर्ता गर्न आउन लागेको नेपाल प्रेसको समाचारबाट उनलाई थाहा भइसकेको थियो ।

निहारिकाले पार्टी प्यालेसको गेटबाट करिश्मालाई बोलाइदिन सन्देश पठाइन् । तर, करिश्माले उनलाई भेट्न चाहिनन् । पार्टीमा आएको कसैले निहारिकालाई चिनेर भित्र जान आग्रह गरिन् । निहारिका मानिनन् । ‘यो ठाउँ हामीजस्ताका लागि होइन’ भन्दै उनी छोरा च्यापेर बाहिर उभिइरहिन् । तर, निकैबेरसम्म पनि करिश्मा नआएपछि उनी भित्र पसिन् ।

निहारिकालाई भित्र पसेको देख्नासाथ करिश्मा फोनमा कुरा गरेझैं गर्दै बाहिर निस्किन खोजिन् । तर निहारिकाले उनलाई पछ्याइन् । उनले आफू पैसा फिर्ता गर्न आएको बताइन् ।

‘प्लीज तपाईं आफ्नो पैसा राख्नुस । म आफ्नो बच्चा पाल्न सक्छु,’ उनले भनिन् ।

करिश्माले सुरुमा पैसा लिन चाहिनन् । तनावमा देखिएकी उनले आनाकानी गर्दै भनिन्, ‘बहिनी तिमी यस्तो नगर । सत्यको बाटोमा हिँड ।’
यति भनेर उनी तर्किन खोजिन् । तर, निहारिकाले पछ्याइन् । उनले पैसा र चश्मा करिश्मालाई जबरजस्ती थमाउन खोजिन् ।

निहारिकाले दिने र करिश्माले नलिने क्रममा पैसा भूईंमा खस्यो र छरपस्ट भयो । त्यहीँ रहेकी अर्की महिलाले भूईंको पैसा र चश्मा टिपिन् र करिश्मालाई दिइन् । करिश्माले पैसा लिइन् र चश्मा चाहिँ निहारिकालाई फर्काउन खोजिन् । निहारिकाले मानिनन् । अन्ततः करिश्माले चश्मा पनि आफैंसित राखिन् ।

पैसा फिर्ता लिइसकेपछि करिश्माले भनिन्, ‘मैले मिहिनेत गरेर कमाएको पैसा हो । गलत ठाउँमा प्रयोग भएन । आइ एम भेरि ह्याप्पी । थ्यांक यू भेरि मच । मैले तिमीलाई अरु पनि धेरै सहयोग गरेको छु ।’

निहारिकाले आमा सोचेर करिश्माको सहयोग स्वीकारेको तर अब उनको दया नचाहिने बताइन् । त्यहाँबाट निस्केर नेपाल प्रेससँग कुरा गर्दै उनले करिश्मामाथि उजुरी हाल्ने बताएकी छन् ।

उनले भनिन्, ‘उहाँले मलाई २० हजार दिनुभएको थियो । अरु पनि केही खर्च गरिदिनुभएको थियो । त्यसैले मैले उहाँलाई २१ हजार फिर्ता गरिदिएको छु । अब कानूनी उपचारमा लाग्छु ।’


प्रतिक्रिया

6 thoughts on “निहारिकाले करिश्मालाई फर्काइन् २१ हजार र छोराको चश्मा, पार्टी प्यालेसमा भयो विवाद (भिडिओ)

  1. Show Off गर्ने हरुबाटै हो समाज बढी पीडित भएको । करिस्मा जस्ता प्रब्रित्ती हरु रहदा सम्म सामाजिक उत्पिडन बढ्दै जानेछ ।

  2. म विश्वस्त भए निहारिका गलत रैछिन। छोरो र कुमारी आमा यि २ शब्द उनको कमाई खाने भाडो हुन। समाज देखेर पनि दया लाग्यो ।

  3. जे जस्तो भए पनि दुख पर्दा गरेको सहयोग कैले बिर्सनु हुदैन र सुख पाए पछि मात्तिनु पनिहुदैन के थाहा भोलि फेरि त्यही पैसाको खाचो परेर करिश्मा निवास तिर दौडिन पो पर्छ कि बिचार गर है निहारिका 🙏

  4. पैसा दिएर अरु को सम्मान लाइ गिराउने गर्न पैदैना ठिक गर्नु भयो निहरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *