३ वर्षपछि नयाँदिल्ली पुग्दै दलाई लामा – Nepal Press

३ वर्षपछि नयाँदिल्ली पुग्दै दलाई लामा

काठमाडौं । लद्दाकको एक महिने बसाइपश्चात तिब्बती नेता दलाई लामा शुक्रबार नयाँदिल्ली पुग्ने भएका छन् । लामा ३ वर्षपछि दिल्ली जान लागेका हुन् ।

उनको यो भ्रमणमा राजनैतिक भेटघाट हुन्छ वा हुँदैन भन्ने विषय भने सार्वजनिक नभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसैबीच लामाले गत मंगलबार लद्दाखका वासिन्दाले फेरि ल्हासा भ्रमण गर्न सक्ने समय छिट्टै आउने विश्वास व्यक्त गर्दै तिब्बतले पूर्ण स्वतन्त्रताभन्दा पनि वास्तविक स्वायत्तता खोजिरहेको बताएका थिए ।

लामाले राजनैतिक जिम्मेवारीबाट अवकाश लिनुपूर्व आफूले तिब्बत मुद्दामा पारस्परिक स्वीकार्य समाधान खोजिरहेको पनि बताएका छन् ।

‘मैले राजनीतिक जिम्मेवारीबाट अवकाश लिनुअघि हामीले तिब्बतको मुद्दाको पारस्परिक रूपमा स्वीकार्य समाधान खोजिरहेका छौं । जसमा हामीले मध्यमार्गी दृष्टिकोण अपनाएका छौं’, उनले भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर