कांग्रेसको अगुवाइमा हुने निर्वाचन निष्पक्ष हुन्छ भन्ने आममान्यता छ: प्रकाशमान सिंह – Nepal Press

कांग्रेसको अगुवाइमा हुने निर्वाचन निष्पक्ष हुन्छ भन्ने आममान्यता छ: प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा निर्वाचनको माहोल शुरु भइसकेको बताएका छन् ।

नेपाल महिला संघका संस्थापक अध्यक्ष मंगलादेबि सिंहको २७ ओैं स्मृति दिवसको अवसरमा शोभा भगवतिमा आज बिहान आयोजित माल्र्यपण कार्यक्रममा बोल्दै नेता सिंहलेहरेक निर्वाचन कांग्रेसको नेतृत्वमा सम्पन्न भएको विगत साक्षी रहेको बताएका हुन् ।

उनले आगामी निर्वाचन पनि कांग्रेस कै नेतृत्वको सरकारले गर्न लागेकाले कांग्रेसको अगुवाइमा हुने निर्वाचन निष्पक्ष हुन्छ भन्ने आममान्यता समेत रहेको बताए ।

यो सरकार बन्नु अघिको सरकारले आवश्यक ऐन कानुन नबनाई दिएकाले अहिले संविधानले दिएका अधिकार चाहियो भनेर प्रदेश र स्थानीय सरकारले बारम्बार आवाज उठाउनु पर्ने आन्दोलन गर्नु पर्ने परिस्थिति बनेको उनले आरोप लगाए । अब निर्वाचनपछि यी सबै समस्याको समाधान हुने बताए ।

पछिल्ला राजनीतिक घटनाक्रमका बारे सबै जानकार रहेको भन्दै मुलुकको पछिल्लो घटनाक्रमबाट हुन सक्ने राजनीतिक दुर्घटना रोक्न हालको अस्थाई अरेजमेनट सोरुप कांग्रेस नेतृत्वको वर्तमान सरकार गठन भएको उनको भनाइ छ ।

अब सरकार र राजनीति दलहरु सबैको ध्यान भयरहित वातावरणमा निष्पक्षनिर्वाचन सम्पन्न गराउन तर्फ लाग्नु पर्ने समेत बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर