अल्फाबिटामा डोजर लाग्दा रमितेको भिड, टिकटक भिडिओ बनाउन हानाथाप – Nepal Press

अल्फाबिटामा डोजर लाग्दा रमितेको भिड, टिकटक भिडिओ बनाउन हानाथाप

काठमाडौं । बुद्धनगरस्थित अल्फाबिटा कम्प्लेक्समा काठमाडौं महानगरपालिकाको डोजर आउनासाथ रमितेहरुको ठूलो भिड जम्मा भयो । जब डोजरले कम्प्लेसको भुईंतल्लामा ठुंग्न थाले रमितेहरु धमाधम मोबाइल निकालेर फोटो र भिडियो खिच्न तल्लिन भए ।

आजकाल जहाँसुकै कुनै घटना भयो कि मोबाइल निकालेर भिडियो खिच्नेको होड चलिहाल्छ । यसरी खिच्नेमध्ये धेरैको उद्देश्य हुन्छ, टिकटकमा हालेर भाइरल बनाउने । काठमाडौंमा बालेन साहले संरचनाहरु भत्काउन थालेपछि उनका भिडियोले टिकटक भरिएको छ । यत्रतत्र बालेन साह छन् ।

अल्फाबिटामाथि लागेको डोजर बालेनको अहिलेसम्मकै कडा एक्सन हो । त्यसैले टिकटकरहरुले यो मौकाको सदुपयोग नगर्ने कुरै भएन । अल्फाबिटामा डोजर आउनासाथ भिडियो खिच्ने सिलसिला सुरु भइहाल्यो । डोजरले बेसमेन्टका केही भाग एकछिनमै भत्काएर हिँड्यो । त्यसपछि पनि लामो समय भिड घटेको थिएन । अब केही घन्टा अल्फाबिटाको भिडियो टिकटक छपक्कै ढाकिने निश्चित छ ।

तस्बिरहरू : गौरव पौडेल । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर