अस्पतालबाट कैदी भागेको प्रकरण: नख्खु कारागारका प्रमुख हटाइए, छानबिन गर्न समिति गठन – Nepal Press

अस्पतालबाट कैदी भागेको प्रकरण: नख्खु कारागारका प्रमुख हटाइए, छानबिन गर्न समिति गठन

काठमाडाैं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि लगिएका कैदीबन्दी फरार घटनाको सम्बन्धमा अध्ययन गर्न  नेपाल प्रहरीले छानबिन समिति गठन गरेको छ ।

काठमाडौ‌ उपत्यका प्रहरी कार्यालयले बुधबार उपचार क्रममा अस्पताल लगिएका रामेछाप पिल्पुङग गाउँपालिका वडा नं २ घर भएका ३१ वर्षीय भोला बुढाथोकी उपचारका क्रममा अध्ययन गर्न कार्यालयका प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो ।

फरार बुढाथोकी अनाश्रित गुल्म नख्खु ललितपुरको कारागारमा रहेका थिए ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयले कैदीबन्दी फरार रहेको भन्दै अनाश्रित गुल्म नख्खुको कार्यालय प्रमुखलाई जिम्मेवारीबाट हटाइ कैदीबन्दीको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई निलम्बनसमेत गरेको छ । घटनाको बारेमा आवश्यक छानबिन भइरहेको सो कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर