किरण चेम्जोङकाे गुनासो- अल्मुताइरीले बिनाकारण टिमबाट निकाल्दा मिडियाले प्रश्न गरेनन् – Nepal Press

किरण चेम्जोङकाे गुनासो- अल्मुताइरीले बिनाकारण टिमबाट निकाल्दा मिडियाले प्रश्न गरेनन्

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बिनाकारण टिमबाट निकाल्दा पनि मिडियाबाट प्रश्न नआउँदा आफूलाई दुःख लागेको गुनासो पोखेका छन् ।

उनले बुधबार राष्ट्रिय टिमको प्रशिक्षणका दौरान कुरा गर्दै मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले विनाकारण राष्ट्रिय टिमबाट निकाल्दा सञ्चारमाध्यमहरुबाट पर्याप्त सहयोग नपाएको प्रतिक्रिया दिए ।

‘हामीलाई प्रशिक्षणबाट निकाल्दा कुनै कारण थिएन । मलाई यसमा मिडियाले प्रशिक्षकलाई प्रश्न उठाउँछन् जस्तो लागेको थियो । तर, कसैले केही गर्नुभएन,’ किरणले भने, ‘मिडियाबाट किन प्रश्न आएन भन्ने कुराले मलाई एकदमै नराम्रो लागेको थियो । प्रशिक्षक विदेशबाट आउनु भएको हो । उहाँ रहे पनि नरहे पनि खेल्ने हामीले नै हो । फुटबल विकासको लागि आउनु भएको भए पनि टिम नै बिगार्दा दुःख लागेको थियो ।’

अल्मुताइरिले निकालेपछि लामो समय पछि राष्ट्रिय टिमबाट बाहिर रहेका किरणले आफुले आराम गर्ने मौका पाएको पनि बताए ।

‘राष्ट्रिय टिमको प्रशिक्षणमा हिजोदेखि आएको हो तर, आधिकारिक रुपमा आजबाट आएको हो,’ किरणले भने, ‘निरन्तर १४ वर्षदेखि राष्ट्रिय टिममा खेलिरहेको थिए । त्यसैले टिमबाहिर रहँदाको समयमा केही समय आराम पाए । राष्ट्रिय टिममा आइसकेपछि व्यक्तिगत फाइदाको लागि खेल्ने होइन ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर