प्रचण्डको आरोप- ओलीले चितवनमा मलाई कमजोर पार्ने मात्र काम गरे (भिडिओ) – Nepal Press

प्रचण्डको आरोप- ओलीले चितवनमा मलाई कमजोर पार्ने मात्र काम गरे (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण राजनीतिक स्थायित्व र विकासको सपना चकनाचुर भएको आरोप लगाएका छन् ।

चितवनको माडी नगरपालिका क्षेत्रमा रहेको हुलाकी सडकअन्तर्गत पर्ने रतनी खोला पुलको उद्घाटन कार्यक्रममा बोल्दै उनले आफ्नो निर्वाचन क्षेत्रमा कसरी असफल बनाउने भनी षड्यन्त्र गरेको बताए ।

‘राजनीतिक स्थायित्व र विकास सपना देखेर हामीले नेकपा बनाएका थियौं । केपी ओलीलाई मेरै प्रस्तावमा प्रधानमन्त्री बनाइएको थियो,’ उनले भने,‘तर दुर्भाग्य, जे सपना देखेर गरेका हो त्यो सपना चकनाचुर भयो ।’

ओलीले पटक-पटक प्रतिनिधिसभा विघटन गर्ने र आफूलाई कसरी हुन्छ चितवनमा असफल पार्नेबाहेक कुनै काम नगरेको प्रचण्डको टिप्पणी थियो ।

‘पटक-पटक प्रतिनिधिसभा विघटन गर्ने र प्रचण्डलाई चितवनमा कसरी असफल पार्ने भन्नेबाहेक प्रधानमन्त्रीका रूपमा मेरा अर्का सहअध्यक्षबाट अरु केही भएन । म प्रष्ट भन्न चाहन्छु,’ उनले भने ।


प्रतिक्रिया

One thought on “प्रचण्डको आरोप- ओलीले चितवनमा मलाई कमजोर पार्ने मात्र काम गरे (भिडिओ)

  1. विदेशीको दलाललाई जनताले चुनाव पछि राजनीति भनेपछि तर्सेको भेडो भागेजस्तो भाग्ने बनाउनुपर्छ। नैतिकता र इमान अलिकति पनि बाँकी छ भने ओलीलाई हटाएर हामीले ओलिको भन्दा यो यो बढी काम गर्यौं भनेर भन्न सक्नुपर्छ। खोइ? खालि भारतको दलाली?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर