राष्ट्र बैंकद्वारा चालु पूँजी ऋणमा कडाइ, २ करोड कममा ४० प्रतिशतमात्रै कर्जा (मार्गदर्शनसहित) – Nepal Press

राष्ट्र बैंकद्वारा चालु पूँजी ऋणमा कडाइ, २ करोड कममा ४० प्रतिशतमात्रै कर्जा (मार्गदर्शनसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पूँजी ऋणमा कडा गरेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ जारी गर्दै वार्षिक कारोबारको ४० प्रतिशतसम्म कर्जा दिन सक्ने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले दुई करोडसम्मको कर्जाको वार्षिक कारोबारको २० प्रतिशत सीमा तोकेको छ । तर, बैंकहरुले विशेष प्रकृतिको भनेर विश्लेषण गरी ४० प्रतिशतसम्म दिन सकिने व्यवस्था गरेको छ ।

इजाजत प्राप्त संस्थाले दैनिक वस्तु बिक्रीलगायतका विषयहरु हेरेर वार्षिक कारोबारको ४० प्रतिशतसम्म कर्जा दिन सक्ने व्यवस्था भएको छ । उद्योग र व्यवसाय गर्न पनि यो कर्जा दिन सकिनेछ । वार्षिक कारोबार/बिक्रीको अधिकतम ४० प्रतिशतले हुन आउने रकमसम्म कुल चालू पूँजी कर्जा सीमा कायम गर्न सक्ने व्यवस्था सो मागदर्शनमा उल्लेख छ ।

फर्म/संस्था/कम्पनी र बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने दुई करोडभन्दा कम वा २ करोड रुपैयाँको चालू पूँजी कर्जाको सीमा निर्धारण गर्दा अनुमानित वार्षिक कारोबार/बिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालु पूँजी कर्जा सीमा कायम गर्नुपर्ने व्यवस्था पनि गरिएको छ । कुनै कम्पनीले २ करोड रुपैयाँ कर्जा पाउन १० करोडभन्दा बढीको कारोबार गर्नुपर्ने हुन्छ ।

नयाँ मार्गदर्शनमा ४ प्रकारका चालु पूँजी कर्जाको व्यवस्था गरिएको छ । धेरैमा १० करोडसम्मको सीमा तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर