मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक १२ वर्षको लागि जेल चलान – Nepal Press

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक १२ वर्षको लागि जेल चलान

काठमाडौं । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक १२ वर्षको लागि जेल चलान भएका छन् ।

रजाकले मलेसियाको सरकारी कोष १ मलेशिया डेभलपमेन्ट बर्हाडको रकममा भ्रष्टचार गरेको ठहर गर्दै उक्त सजाय तोकिएको बीबीसीले जनाएको छ ।

रजाकले जुलाई २०२० मा नै दोषी ठहर गरिएको भए पनि उनी हाल सम्म जमानतमा थुना बाहिर रहेका थिए । २०२० मा उनलाई अदालतले विभिन्न सात वता मुद्दा कुल ८ मिलियन युरो को भ्रष्टाचार गरेको ठहर गर्दै ३९ . ७ मिलियन युरो जरिवाना १२ वर्ष जेल सजाय तोकेको थियो ।

नाजिबले भने आफूले राज्य कोषको कुनै पनि रकम हिनाबिना नगरेको दाबी गर्दै आएका छन् । उनका अनुसार उनको निजी खातामा भएको रकम राज्य कोष दुरोपयोग गरी कमाएको रकम नभई साउदीको शाही परिवारले उनलाई दान दिएको रकम हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर