भड्किलो र खर्चिलो तीज मनाए कारबाही गर्ने जिल्ला प्रशासन झापाको चेतावनी – Nepal Press

भड्किलो र खर्चिलो तीज मनाए कारबाही गर्ने जिल्ला प्रशासन झापाको चेतावनी

झापा । जिल्ला प्रशासन कार्यालय झापाले नजिकिँदै गरेको तीजलाई अनावश्यक तामझाम, तडकभडक र खर्चिलो गरी नमनाउन आग्रह गरेको छ ।

आज प्रमख जिल्ला अधिकारी छविलाल रिजालले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेका हुन् । अनावश्यक रुपमा भड्किलो र खर्चिलो रुपमा तीज कार्यक्रमहरूको आयोजन गरे/गराएमा कानुन बमोजिम कारवाही हुने सूचनामा उल्लेख छ ।

परम्परा एवं सामाजिक रीतिरिवाजलाई निरन्तरता दिने तथा संवर्द्धन गर्ने बाहेक अन्य कुनै पनि खालका खर्चिला तथा महँगा तीजसँग सम्बन्धित कार्यक्रम सञ्चालन नगर्न/नगराउनु हुन सम्पूर्ण जिल्लाबासीहरूमा अनुरोध गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *