नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, ६३४ मा संक्रमण, ४१७ निको – Nepal Press

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, ६३४ मा संक्रमण, ४१७ निको

काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ भने ६३४ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ७ सय ५७ पिसिआर परिक्षणका क्रममा ३ सय ४३ जना र २ हजार १ सय ९२ एन्टीजेन परिक्षणका क्रममा २ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आजको दिन थप ४१७ जना निको भएका छन् । हाल नेपालमा ४ हजार २२१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *