टीआरसी विधेयक पेससँगै एक साता सदन स्थगित – Nepal Press

टीआरसी विधेयक पेससँगै एक साता सदन स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक एक साताका लागि स्थगित गरिएको छ । संसदको अर्को बैठक भदौ १३ गते बोलाइएको छ ।

आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) ले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ प्रस्तुत गरेका थिए ।

विधेयक प्रस्तुत गर्दै मन्त्री कोइरालाले कानुनमन्त्री कोइरालाले माओवादीको सशस्त्र द्वन्दका क्रममा मारिएका परिवार र घाइतेलाई राहत प्रदान गर्नका साथै समाजमा मेलमिलाप कायम गर्न ल्याइएको विधेयकलाई सरकारले अघि बढाउन लागेको दाबी गरे ।

सरकारले संक्रमणकालीन न्याय निरुपणसँग सम्बन्धित विधेयक फास्ट ट्र्याकबाट पारित गर्न खोजेपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध गरिरहेको छ ।

द्वन्द्वपीडित सेना प्रहरीका परिवार तथा अन्य सरोकारवाला पनि विधेयक आफूहरू मैत्री नभएको भन्दै निरन्तर आन्दोलनमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर