सिट बाँडफाँट कहिले होला ? कार्कीको जवाफ- अलिक दिन तपाईँहरू पनि आउँदै गर्नुस् न – Nepal Press

सिट बाँडफाँट कहिले होला ? कार्कीको जवाफ- अलिक दिन तपाईँहरू पनि आउँदै गर्नुस् न

गठबन्धनको शीर्ष बैठक मंगलवार फेरि बस्ने, सिटको दाबी अझै भएन

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न गठित कार्यदलले भागबण्डा लगाउन नसकेपछि गठबन्धनका शीर्ष नेताहरू सोमवार पनि छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष बैठकमा दलहरूले आ आफ्ना अपेक्षा र मापदण्डबारे कुरा गरे पनि यति सिट चाहिन्छ भनेर ठोस रूपमा प्रस्ताव नल्याएको बताइएको छ ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्ता समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले बैठक निष्कर्षको नजिकमा पुगेको र मंगलवार २ बजे फेरि बस्ने जानकारी दिए । उनले सिट बाँडफाँट र त्यसपछिको अवस्थाकै बारेमा बैठक केन्द्रित भएको बताए ।

कति वटा बैठकपछि टुंगो लाग्ला भन्ने नेपाल प्रेसकर्मी उमेश कार्कीको प्रश्नमा नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने– अलिक दिन तपाईँहरू पनि आउँदै गर्नुस् न ।

बैठकमा सत्ता गठबन्धनमा अन्य दललाई पनि समेट्नेबारे छलफल भए पनि कुनै निर्णय नभएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर